काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली किनारमा खस्यो, २६ घाइतेमध्ये अधिकांशलाई राजधानी ल्याइयो

923
shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १२ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेको पुष्टि भएको छ। बसमा कुल ४४ जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।दुर्घटनामा घाइते भएका २६ जनालाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ। केही घाइतेको उपचार स्थानीय अस्पतालमै भइरहेको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा स्थानान्तरण गरिएको छ।

मध्यरातमा भएको दुर्घटनाका कारण उद्धार कार्यमा प्रारम्भिक समस्या देखिएको थियो। अँध्यारो र नदी किनारको कठिन भू–भागका कारण चुनौती थपिएको थियो। जिल्लाका तीनै सुरक्षा निकाय,नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना का साथै स्थानीयवासीले सक्रिय रूपमा उद्धारमा सहयोग गरेका थिए।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।