काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजेसम्म १...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

डिजिटल गभर्नेन्स अब विकल्प होइन, आवश्यकता : गगन थापा

सरकारी सेवा नागरिकको घरमै पुर्‍याउने कांग्रेसको योजना-‘एक नागरिक, एक प्रमाणपत्र’ अवधारणामा जोड

3.47K
shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले डिजिटल गभर्नेन्सलाई आधुनिक शासन प्रणालीको अनिवार्य आधारका रूपमा प्रस्तुत गर्दै सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले नागरिकले सरकारी सेवा लिनुपर्दा भोग्नुपरेको झन्झट अन्त्य गर्न डिजिटल प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य भएको बताए।थापाले “मिनिमम गभर्नमेन्ट बडिज, म्याक्सिमम गभर्नेन्स” को अवधारणा अघि सार्दै शासन सञ्चालनको परम्परागत शैली परिवर्तन गरेर सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउनुपर्ने उल्लेख गरे। उनका अनुसार सरकारको सेवा नागरिकको घरदैलोमै पुग्ने प्रणाली निर्माण गर्न नेपाली कांग्रेसले नीतिगत तयारी गरिरहेको छ।

डिजिटल गभर्नेन्स कार्यान्वयनका लागि डिजिटल पूर्वाधारमा पर्याप्त लगानी, निजी क्षेत्रको सहभागिता विस्तार र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वयात्मक काम आवश्यक रहेको उनले बताए। साथै, “एक नागरिक, एक प्रमाणपत्र” अवधारणालाई कार्यान्वयनमा ल्याउने, साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आयामका रूपमा विकास गर्ने तथा डिजिटल सेवा केन्द्र स्थापना गर्ने योजनामा कांग्रेस अघि बढेको उनले जानकारी दिए। सभापति थापाले सरकारी सेवा प्रवाहको प्रक्रियागत सुधारमार्फत नागरिकले दैनिक जीवनमा भोग्दै आएका प्रशासनिक समस्या समाधान गर्ने लक्ष्यसहित नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याए।