काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

एनआरएनए १२औँ विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा समिति, मार्च १४–१६ मा नेपालमा सम्मेलन

3.06K
shares

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि उच्चस्तरीय आयोजक समिति गठन गरेको छ।

माननीय परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २ गतेसम्म (मार्च १४–१६, २०२६) नेपालमा आयोजना हुने विश्व सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिको अध्यक्षता परराष्ट्र मन्त्री बालानन्द शर्माले गर्नेछन्।

मन्त्रालयका अनुसार सम्मेलनको समग्र तयारी, व्यवस्थापन, समन्वय तथा आवश्यक निर्णय प्रक्रियालाई सहज बनाउन उच्चस्तरीय समितिको गठन गरिएको हो। समितिमा सम्बन्धित सरकारी निकाय, सरोकारवाला मन्त्रालय तथा संस्थाहरूको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले सम्मेलनको महत्वलाई दृष्टिगत गर्दै व्यापक समन्वय र सहभागिता सुनिश्चित गर्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए। उनका अनुसार सम्मेलनमार्फत गैरआवासीय नेपालीको लगानी, ज्ञान, सीप तथा अनुभवलाई राष्ट्रिय विकाससँग जोड्ने विषयमा गहन छलफल हुनेछ।

डा. केसीले एनआरएनए विश्व सम्मेलनले विदेशमा रहेका नेपाली र नेपाल सरकारबीच सहकार्य थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्मेलनलाई उपलब्धिमूलक बनाउन संघले सरकारसँग नजिकबाट सहकार्य गर्ने बताए।एनआरएनए विश्व सम्मेलनमा विश्वभर छरिएका गैरआवासीय नेपाली प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।