काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

गुणस्तरीय शिक्षाको साझा अभियान: महालक्ष्मी नगरपालिका र राइट टु स्टडीबीच सम्झौता

2.38K
shares

ललितपुर । महालक्ष्मी नगरपालिका र राइट टु स्टडी संस्थाबीच नगरभित्रका १४ वटा सामुदायिक विद्यालय लक्षित शैक्षिक सुधार तथा विद्यार्थी सहयोग कार्यक्रम सञ्चालनका लागि तीन वर्षे सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षण–सिकाइ प्रक्रियामा सुधार, तथा आवश्यक विद्यार्थी सहयोग कार्यक्रम कार्यान्वयन गरिनेछ। कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न शिक्षक क्षमता विकास, सिकाइ सामग्री सहयोग, तथा विद्यार्थीको समग्र विकासमा केन्द्रित गतिविधिहरू समेट्ने बताइएको छ।

महालक्ष्मी नगरपालिकाले स्थानीय सरकारको हैसियतमा कार्यक्रमको समन्वय, सहजीकरण र अनुगमन गर्नेछ भने राइट टु स्टडी संस्थाले प्राविधिक सहयोग, कार्यक्रम सञ्चालन र आवश्यक स्रोत परिचालन गर्नेछ। नगरपालिकाका पदाधिकारीहरूले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार नगरी समग्र शिक्षाको गुणस्तर उकास्न नसकिने बताउँदै यो साझेदारीले सरकारी विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाउने अपेक्षा व्यक्त गरेका छन्। तीन वर्षे अवधिमा सञ्चालन हुने यो कार्यक्रमबाट विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार, विद्यालय व्यवस्थापनमा सुदृढता र दीगो शैक्षिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।