करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंमा
बुटवलमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको हो ।
वि.सं.२०८२ भदौ १० मंगलवार १०:०८
shares

काठमाडौँ, १० भदौ ।
हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा छुट्टैब्रान्ड पहिचान बनाउन सफल करेन्ट नुडल्स का निर्माता यसोदा फुड्स प्रा.लि. ले काठमाडौंको शंखमुलमा आफ्नो लोकप्रिय आउटलेट करेन्ट पोइन्ट को तेस्रो शाखा सञ्चालनमाल्याएको छ। यसअघि बुटवल र काठमाडौं अनामनगरमा शाखा विस्तार गरिसकेको यसोदा फुड्सले उपभोक्ताको उच्च मागलाई ध्यानमा राख्दै सोमबारदेखि शंखमुल शाखा सुरु गरेको हो। उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष चुन्न प्रसाद पौडेल ले बुटवलमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए। उनले भने, “काठमाडौंका नुडल्स पारखी, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि करेन्ट पोइन्ट उत्कृष्ट गन्तव्य बन्नेछ। हामी उपभोक्ताको स्वाद र चाहनालाई पूरा गर्नेमा आत्मविश्वासी छौं।”


त्यसैगरी यसोदा फुड्सका ग्लोबल सि.इ.ओ जीपी शाह ले करेन्ट पोइन्ट र करेन्ट ब्रान्डका स्न्याक्स तथा नुडल्स रेन्जबारे मिडियालाई जानकारी दिएका थिए। शंखमुलस्थित नयाँ आउटलेटमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। उपभोक्ताले आफ्नै रुचिअनुसार मसला र स्वाद रोज्न पाउने व्यवस्था गरिएको छ। कम्पनीले विशेषगरी युवापुस्तामाझ लोकप्रिय करेन्ट चाउचाउ लाई अझ विविध रूपका नयाँ परिकारमार्फत प्रस्तुत गर्ने बताएको छ
।
सन् २०१७ मा स्थापित यसोदा फुड्स हाल नेपालका अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक बनेको छ। गुणस्तर र नवीनतामा ध्यान दिने यो कम्पनीले छोटो समयमा नेपाली उपभोक्ताको मन जितेको छ। करेन्ट ब्रान्ड अन्तर्गतका पिरो तथा स्वादिष्ट चाउचाउहरू अहिले नेपाली युवापुस्ताको प्रमुख रोजाइमा परिरहेका छन्।















