काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत निर्वाचित गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता

3.68K
shares

काठमाडौं, ५ साउन । रसुवा जिल्लामा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग—सिड्का (CIDCA) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो।

सिड्का अध्यक्ष सियाओदोङ्गले पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी सहजीकरण गर्ने आश्वासन दिएका छन्। भेटका क्रममा उनले बाढीपछिको उद्धार तथा बेपत्ताको खोजी कार्यमा नेपाल सरकारको सक्रियता र तत्परताप्रति धन्यवाद व्यक्त गरे।

अर्थमन्त्री पौडेलले विपद्‌लगत्तै पुनर्निर्माण सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै चिनियाँ पक्षले देखाएको चासो र सहयोगको लागि आभार प्रकट गरेका छन्।उनले भने, रसुवा नाका आयात–निर्यात मात्र नभई, राजस्वका हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ। त्यसैले पुनर्निर्माणको प्रक्रिया छिटो अघि बढाउनु आवश्यक छ।