आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार, ई.सं २०२५ जुलाइ १४
वि.सं.२०८२ असार ३० सोमवार ०७:३६
shares

वि.सं.२०८२ साल आषाढ ३० गते । सोमबार । ईश्वी सन् २०२५ जुलाई १४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्थी, ४६ घडी १४ पला, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त पंचमी । नक्षत्र–धनिष्ठा, ५ घडी ४५ पला, बिहान ७ बजेर ३६ मिनेट उप्रान्त शतभिषा । योग–आयुष्मान, ३० घडी ५७ पला, बेलुकी ५ बजेर ४१ मिनेट उप्रान्त सौभाग्य । करण–बव, दिउसो १२ बजेर २८ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कुम्भ ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी १४ पला ।
आजको राशिफल :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय उत्साहजनक छ। मनग्य आम्दानी हुने सम्भावना छ। सानो प्रयासले ठूलो सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धेरै कुरामा सफलता मिल्नेछ। आर्थिक र पारिवारिक लाभ पाइनेछ। घरमा धार्मिक कार्यको सम्भावना छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक काममा प्रशंसा प्राप्त हुनेछ। नयाँ साथीहरू बन्न सक्छन्। सानो भ्रमणको अवसर मिल्नेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सावधानीपूर्वक काम गर्नु राम्रो हुन्छ। झिनो विवाद वा तनाव देखिन सक्छ। संयमित बोलचाल अपनाउनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना काममा सफलता मिल्नेछ। मान्यजनको साथ र समर्थन प्राप्त हुनेछ। आत्मविश्वास उच्च रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्न सक्छ, तर आय पनि बढ्ने सम्भावना छ। छोटो दूरीको यात्राबाट लाभ मिल्नेछ। शुभ सूचना प्राप्त हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। साथीभाइसँग समय बिताउने मौका मिल्नेछ। नयाँ विचारले सफलता दिलाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यमा ढिलाइ हुन सक्छ, तर निरन्तर प्रयासले सफलता पाइनेछ। आत्मबल उच्च राख्नुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ काम सुरू गर्न अनुकूल समय छ। मान-सम्मान प्राप्त हुनेछ। शैक्षिक वा प्रतियोगितात्मक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
कामको चाप बढ्न सक्छ। मानसिक शान्तिका लागि ध्यान आवश्यक छ। नसोचेको स्थानबाट लाभ मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेमसम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखद रहला। सामाजिक कार्यमा प्रशंसा पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ अवसरहरू आउन सक्छन्। आर्थिक लाभका संकेत छन्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक ७ रहेको छ।










