आजबाट वृहस्पति ग्रह अस्त (अदृश्य) हुँदैछ विवाह गर्न मङ्सिर ६ सम्म कुर्नुपर्ने ।
वि.सं.२०८२ जेठ २९ बिहीवार ०८:४१
shares

काठमाडौँ । २०८२ ज्येष्ठ २९ गते (सन् २०२५ जुन १२ तारिख) बिहीबार अर्थात आज बेलुकी ५ बजेर ७ मिनेटबाट वृहस्पति ग्रह पश्चिममा अस्त हुँदै छन् । आजबाट अस्त हुने वृहस्पति असार २२ गते (२०२५ जुलाई ६ तारिख) आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुनेछन् । जब वृहस्पति सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउँछ तब अस्त मानिनेछ र उसले दिने फल कमजोर हुन्छ र पूर्ण रूपमा निष्क्रिय मानिनेछ । वृहस्पति ग्रहलाई ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कार्यको प्रमुख कारक ग्रह मानिन्छ । यो ग्रहलाई शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ ।
त्यसैले जब यो ग्रह अस्त हुन्छ तब यसको शुभ प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन । महत्त्वपूर्ण दुई शुभ ग्रहहरू वृहस्पति र शुक्र अस्तको समयमा शुभ कार्य थालनी गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता पनि रहेको छ ।विगत वर्षहरूमा असारमा विवाहको लगन हुने भएता पनि यो वर्ष ज्येष्ठ २९ देखि असार २२ गतेसम्म वृहस्पति अस्त हुने र २२ गतेपछि विवाहको लगन नभएकोले विवाह गर्न तम्तयार भएर बसेका बर र वधूले मङ्सिर ६ गतेसम्म कुर्नु पर्ने भएको छ । शुभ ग्रह जस्तै वृहस्पति र शुक्र अस्त हुनुभन्दा ३ दिन अगाडीदेखि शुभ कार्यहरू गर्न नहुने र उदय भएपछि पनि ३ दिनपछि सम्म बार्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।
वृहस्पति अस्त हुँदा के गर्नु हुन्छ ?
वृहस्पति अस्त हुँदा के गर्नु हुँदैन ?
तर वृहस्पति अस्तको समयमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण गर्नु, गृहरम्भ वा गृहप्रवेश, मन्दिर आदि निर्माण, देवतास्थापना, प्राण प्रतिष्ठा आदी, चान्द्रायाणदी व्रतको आरम्भ र उद्यापन, वधुप्रवेश, तुलादानादि माहादान, सोमयाग, अष्टकाश्राद्ध, आग्रायणेष्टि, जलशाला निर्माण, प्रथमउपाकर्म, वेद व्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षा ग्रहण, चुडा, व्रतबन्ध, विवाह, कहिल्यै नगरिएको देवताको दर्शन, कहिल्यै नगएको तीर्थयात्रा, अग्निहोत्र, सन्यासव्रत, चतुर्मास्ययाग, प्रथम राजदर्शन, राज्याभिषेक, समावर्त, कर्णवेध जस्ता शुभ कार्यहरू गर्नु हुँदैन भनी शास्त्रमा वर्णन गरिएको छ ।

















