काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

युनिटी ठगी प्रकरण: सर्वोच्चबाट सञ्चालक दोषी ठहर, यस्तो छ फैसला

5.41K
shares

काठमाडौं। डेढ दशकअघिको बहुचर्चित युनिटी ठगी प्रकरणमा सर्वोच्च अदालतले सञ्चालकहरूलाई दोषी ठहर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गर्दै कैद र सजायको फैसला सुनाएको हो।

जसमा युनिटीका अध्यक्ष काशीराम गुरुङ र सञ्चालकहरू भीमबहादुर गुरुङ, इन्द्रबहादुर बिक, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री महेन्द्र केसी, विष्णुबहादुर क्षेत्री रहेका छन्। उनीहरुलाई अदालतले २ वर्ष ६ महिना कैद र जनही २५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ।

यस्तै, महाप्रबन्धक शिशिर योगीलाई १ वर्ष कैद १० हजार जरिवाना र निर्देशक विश्वनाथ गौतमलाई १ वर्ष कैद १० हजार जरिवाना तोकिएको छ। बिगो यकिन गर्न सरकारले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बिगो यकिन गर्नेछ। त्यसपछि बिगो दाबी कम्पनीको सम्पत्तिका आधारमा पीडितको रकम फिर्ता गरिने फैसलामा उल्लेख छ।

बहुचर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेसनलका सञ्चालकहरूले पिरामिड आकारको सञ्जाल बनाई ३ लाख ४० हजार सदस्यबाट ३ अर्बभन्दा बढी रकम उठाएर ठगी गरेका थिए।