नयाँ दिल्ली, ३० असार । भारतमा रेलका वातानुकूलित (एसी) डिब्बामा यात्रुका लागि उपलब्ध गराइने...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

फरार दुर्गा प्रसाई फेसबुक लाईभमा देखिए

2.9K
shares

काठमाडौं, १७ चैत । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं फेसबुक लाईभमा देखिएका छन् ।

गत १५ चैत देखि प्रहरीको खोजीमा रहेका प्रसाईं फेसबुक लाईभमा देखिएका हुन्। मन्दिरलाई पृष्ठभमी पारेर प्रसाईले आन्दोलनमा भएको हिंसाका लागि माफी मागेका छन् ।उनले आन्दोलन सफल हुने भए पछि नेकपा एमाले निकट युवा संघ र राज्य संयन्त्र मिलेर आन्दोलन तुहाउन हिंसाको सहारा लिएको आरोप लगाएका छन्। आफूलाई समेत मार्ने योजना बनाएको भन्दै उनले आन्दोलन नरोकिने जनाएका छन्।