आजको राशिफल: २०८१ चैत्र १ गते शुक्रबार
वि.सं.२०८१ चैत १ शुक्रवार ०९:५०
shares

आज विक्रम संवत २०८१ साल चैत्र १ गते, शुक्रबार । ईश्वी सन् २०२५ मार्च १४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–पूर्णिमा, १३ घडी ३७ पला, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराफाल्गुनी, अहोरात्र । योग–शूल, १७ घडी १४ पला, दिउसो १ बजेर १० मिनेट उप्रान्त गण्ड । करण–बव, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त बालव, रातको १२ बजेर २९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–सिंह, मध्यान्ह १२ बजेर ३० मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४५ पला । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।










