काठमाडौं, २६ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सकिएपछि अहिले सबैको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी

1.69K
shares

काठमाडौं, ७ चैत । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ । यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन । एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।