युवाको संकल्पबाट सुरु भएको साझा प्रयास: श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा स्रोत सुदृढीकरण
वि.सं.२०८२ पुस १८ शुक्रवार १४:३२
shares

सिन्धुली । शिक्षाको गुणस्तर सुधारमा पुस्तकालय तथा शैक्षिक स्रोत–साधनको महत्वपूर्ण भूमिका हुन्छ भन्ने विश्वासका साथ श्री चण्डेश्वरी माध्यमिक विद्यालय, मरिण डाढीमा Library and Resource Enhancement Project अन्तर्गत स्रोत हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
परियोजनाको नेतृत्व १७ वर्षे Project Leader काव्य खतिवडाले गरेका हुन । कार्यक्रममा काव्य खतिवडाले परियोजनाको अवधारणा, उद्देश्य तथा कार्यान्वयन प्रक्रियाबारे प्रकाश पार्दै सीमित स्रोतका बाबजुद दीर्घकालीन सोच र प्रतिबद्धताले परिवर्तन सम्भव हुने सन्देश दिए।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री महेश खातिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो। कमलामाई नगरपालिकाका नगरप्रमुख श्री उपेन्द्र पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । विशेष अतिथिहरूमा Premier International IB School का निर्देशकद्वय श्रीमती पवित्रा लिम्बु र बसन्त थापा रहेका थिए।
त्यसैगरी, कार्यक्रममा कृषि विकास बैंकका प्रतिनिधिहरू अनिल पोखरेल, हरिराज थपलिया र सिंहलाल बम्जन, PABSON का प्रतिनिधि, सञ्चारकर्मी, डाढी क्षेत्रका प्रहरी इन्चार्ज, विद्यालयका अभिभावक, विद्यार्थीहरू तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सीमित स्रोतका बाबजुद पनि विद्यालय परिवारको प्रतिबद्धता र विद्यार्थीहरूको उत्साह प्रेरणादायी रहेको सहभागीहरूले बताएका छन्। यस पहलले विद्यालयमा पठन संस्कृतिको विकास, सिकाइ वातावरण सुदृढीकरण तथा शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
परियोजनालाई दीर्घकालीन रूपमा अघि बढाउन चण्डेश्वरी विद्यालय परिवार, चण्डेश्वरी पूर्व विद्यार्थी समाज, Premier International IB School तथा Premier IB School Student Alumni ले देखाएको चासो र सहकार्य प्रशंसनीय रहेको आयोजक पक्षले जनाएको छ। प्रारम्भमा सानो सोचबाट सुरु भएको यस प्रयासले भविष्यमा शिक्षा क्षेत्रमा परिवर्तनको सशक्त आधार तयार गर्ने विश्वास लिइएको छ।















