काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम मत...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

एयर इन्डियाको विमान दुर्घटना अघि पाइलटले एटीसीसँग के भनेका थिए ?

4.95K
shares

काठमाडौँ । भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटना बारे नयाँ अपडेट आइरहेका छन् । यसैबीच विमान दुर्घटनाको अन्तिम समयमा पाइलटले बोलेको कुरा बाहिर आएको छ । विमानका पाइलट सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई पठाएको अन्तिम सन्देश सार्वजनिक भएको हो । ४-५ सेकेन्डको सन्देशमा, सुमितले भनेका थिए- ‘मे डे, मे डे, मे डे…नो पावर, नो थ्रस्ट, गोइङ डाउन’, अर्थात  पावर छैन, विमान माथि जादै छैन, अब तल जादैछौँ । विमान दुर्घटनामा अहिलेसम्म २७५ जनाको निधन भएको छ । जसमा विमानमा यात्रा गरिरहेका २४१ र अन्य ३४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमान अहमदावादस्थित बिजे मेडिकल कलेजको होस्टेलमा खस्दा होस्टेलमा रहेका डाक्टर र उनीहरुको परिवार हताहत भएका थिए । यस दुर्घटनामा विमानमा सवार भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश मात्र सकुशल रहेका छन् ।