काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम मत...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी : अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि

काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता, काठमाडौं–१ मा रञ्जु दर्शना जित नजिक

169
shares

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना देशभर जारी रहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्।

देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा बिहीबार मतदान सम्पन्न भएको थियो। अहिले विभिन्न जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका खोलेर मतगणना कार्य तीव्र रूपमा भइरहेको छ।

प्रारम्भिक परिणामअनुसार प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपाका उम्मेदवारहरू धेरै स्थानमा पछि परिरहेका छन् भने रास्वपाका उम्मेदवारहरूले उल्लेखनीय अग्रता कायम गरेका छन्।

विशेषगरी काठमाडौं उपत्यकामा रास्वपाले बलियो प्रदर्शन गरेको देखिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि रहेको प्रारम्भिक विवरण आएको छ।

काठमाडौं–१ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शना करिब पाँच हजार मतको अग्रतासहित जित नजिक पुगेकी छन्। त्यस्तै भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खड्काले एमालेका उम्मेदवार महेश बस्नेतभन्दा करिब १५ सय मतले अग्रता लिएको प्रारम्भिक मतगणनाले देखाएको छ।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन अधिकृतहरूको भनाइ छ। निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएपछि आधिकारिक नतिजा सार्वजनिक गर्ने जनाएको छ।