काठमाडौं, २६ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सकिएपछि अहिले सबैको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको राशिफल: आज २०८२ साउन १७ गते शनिबार २०२५ अगस्त २ तारिख

1.29K
shares

वि.सं.२०८२ साल साउन १७ गते । शनिबार । ईश्वी सन् २०२५ अगष्ट २ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–अष्टमी, १ घडी २२ पला, बिहान ६ बजेर १ मिनेट उप्रान्त नवमी । नक्षत्र–विशाखा, अहोरात्र । योग–शुभ, २ घडी २८ पला, बिहान ६ बजेर २७ मिनेट उप्रान्त शुक्ल । करण– बव, बिहान  ६ बजेर १ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर २ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला, बेलुकी ११ बजेर३३ मिनेट उप्रान्त वृश्चिक काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २७ पला । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

          धैर्यले काम गर्दा सफलता मिल्नेछ। पारिवारिक सहयोग र नयाँ अवसर प्राप्त हुनेछ। शुभ अंक ५, शुभ रंग रातो।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

           बोल्दा विचार पुर्याउनुहोस्। साझेदारीमा तनाव आउन सक्छ, तर आर्थिक पक्ष बलियो हुनेछ। शुभ अंक २, शुभ रंग सेतो।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

          नयाँ योजना बन्नेछ। घरमा शान्ति र सवारीसाधनमा ध्यान दिनुपर्ने दिन। शुभ अंक ७, शुभ रंग हरियो।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

         धार्मिक कार्यमा मन जानेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। शुभ अंक ६, शुभ रंग नीलो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

         पुराना साथीसँग भेटघाटको योग। परिश्रम अनुसार फाइदा मिल्नेछ। शुभ अंक ३, शुभ रंग सुन्तला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

        काममा ढिलाइ भए पनि सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार र मानसिक शान्ति मिल्नेछ। शुभ अंक ९, शुभ रंग गुलाबी।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

         सकारात्मक सोच र प्रेममा प्रगाढता। यात्राबाट लाभ मिल्ने संकेत। शुभ अंक १, शुभ रंग खैरो।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

         विचार नगरी बोलेमा हानि हुन सक्छ। पारिवारिक तनाव समाधान हुने संकेत। शुभ अंक ४, शुभ रंग कालो।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

         पारिवारिक सल्लाहले निर्णय सजिलो हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शुभ अंक १, शुभ रंग पहेँलो।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

          काममा ढिलाइ भए पनि सफल हुनेछ। स्वास्थ्यमा सुधार देखिनेछ। शुभ अंक ६, शुभ रंग नीलो।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

          बौद्धिक क्षमताले सफलता दिलाउनेछ।प्रेममा प्रगाढता र रोकिएको काम बन्ने संकेत। शुभ अंक ८, शुभ रंग रातो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

        मन चञ्चल भए पनि ध्यान लाभदायक। घरमा सुख र वैदेशिक योजना अघि बढ्नेछ। शुभ अंक ७, शुभ रंग बैजनी।