काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम मत...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको राशिफलः २०८२ साल आषाढ २५ गते, बुधबार । सन् २०२५ जुलाई ९ तारिख

1.44K
shares

वि.सं.२०८२ साल आषाढ २५ गते । बुधबार । ईश्वी सन् २०२५ जुलाई ९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–चतुर्दशी, ४९ घडी ५९ पला, रातको १  बजेर ६६ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–मूल, अहोरात्र । योग–ब्रम्ह, ४५ घडी २२ पला, बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त  ऐन्द्र । करण– गर, मध्यान्ह १२ बजेर ४४ मिनेट उप्रान्त वणिज, रातको १ बजेर १६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु ।काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १६ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी २२ पला । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साँस्कृतिक तथा धार्मिक क्षेत्रमा आकर्षण बढ्नेछ। नयाँ अवसरको खोजीमा रहनुभएको छ भने आज केही संकेतहरू देखिन सक्छन्। पारिवारिक जमघट वा साथीभाइसँग भेटघाटको सम्भावना छ। दिनको उत्तरार्धमा कार्य सफल हुने सम्भावना बलियो छ।आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वाणीको प्रभाव बढ्नेछ, तर बोलीमा सन्तुलन आवश्यक छ। व्यापारिक काममा सानोतिनो विवाद हुन सक्छ, तर चातुर्यले समाधान गर्न सकिनेछ। पारिवारिक विषयमा चिन्ता भए पनि समयक्रममा सहज हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चार, मिडिया वा लेखन क्षेत्रमा संलग्न व्यक्तिका लागि राम्रो दिन छ। प्रेममा नयाँ मोड आउन सक्छ। मिहिनेत अनुसार फाइदा हुने संकेत देखिन्छ। शरीरमा स्फूर्ति अनुभव हुनेछ। मित्रहरूबाट प्रेरणा मिल्न सक्छ।
आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्यार्थीहरूका लागि मनपर्ने विषयमा प्रगति हुने समय हो। रोकिएका काम अघि बढ्नेछन्। नयाँ व्यक्तिसँग भेटघाटको सम्भावना छ। मनको द्वन्द्व केही कम हुनेछ। स्वास्थ्यको मामिलामा अलि सचेत रहनु राम्रो हुन्छ।आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक कारोबारमा ध्यान दिनुपर्ने दिन हो। अरुको कुरामा विश्वास गर्नुभन्दा आफू नै चलाखी गर्नुपर्छ। परिवारभित्र सामान्य असमझदारी हुन सक्छ। आत्मनिर्भर भएर अघि बढ्दा सफलता मिल्नेछ।आजको शुभ रंग सुन्तलै हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा वा घुमघामको योजना बन्न सक्छ। प्रेमी–प्रेमिकाबीच समझदारी बढ्नेछ। लामो समयदेखि पर्खिरहनुभएको काम बन्न सक्छ। समयप्रति भरोसा राख्नुस्, कर्मको फल अवश्य मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लाभदायक सम्झौता हुन सक्छ। आफन्तसँग सम्बन्ध सुधारिनेछ। राजनीतिक वा सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। सार्वजनिक जीवनमा प्रतिष्ठा बढ्ने समय हो। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना मित्रसँग भेटघाटको सम्भावना छ। वैदेशिक सम्पर्क विस्तार हुनसक्छ। प्रेम जीवनमा मिठास आउन सक्छ। शारीरिक रूपमा स्फूर्ति अनुभव हुनेछ। योजनाहरूमा सुधार गरिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
शैक्षिक सफलता, नयाँ ज्ञान प्राप्त गर्ने मौका मिल्नेछ। आत्मविश्वास बलियो रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। साथीसङ्गत सकारात्मक हुने दिन हो। यात्राबाट लाभ मिल्न सक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धन खर्चको सम्भावना छ, तर मानसिक सन्तोष मिल्नेछ। नजिकको व्यक्तिसँग मनमुटाव हुनसक्छ, सावधानी अपनाउनुहोस्। आजको दिनमा धैर्य र सहनशीलता आवश्यक छ। आजको शुभ रंग कालो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सहयोग र सद्भाव पाउने दिन हो। मनमा सन्तोष मिल्नेछ। सिर्जनात्मक कार्यमा सफलता पाइनेछ। प्रेम सम्बन्ध बलियो बन्नेछ। अप्ठ्यारोलाई सहजताले टार्न सकिनेछ। आजको शुभ रंग फुस्रो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कलात्मक कार्यमा रुचि बढ्नेछ। दाजुभाइ वा छरछिमेकसँग सहयोग मिल्नेछ। आय आर्जनको नयाँ स्रोत खुल्नसक्छ। केही समय एकान्त चाहिने भावना आउन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।