काठमाडौं, २४ साउन । पाकिस्तान, साउदी अरब र टर्कीले आपसी सुरक्षा तथा रक्षा सहयोग...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

बुटवलमा आमासहित दुई छोरीको विभत्स हत्या

10.04K
shares

बुटवल । बुटवल उपमहानगरपालिकाको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आज बिहान करिब ४ बजे ३३ बर्षीय आमा दिपा बस्याल र ७ बर्षिय छोरी स्नेहा र ४ बर्षिय हिमानीको हत्या भएको छ ।

घटनामा संलग्न भएको भन्दै सुजन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार कोइराला दिपा बस्यालका पुर्व पति हुन् । बस्यालले कोइरालासँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् ।कोइराला यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल बसरे संविधान दिवसको अवसरमा सरकारले दिएको माफी पाएर रिहा भएका थिए ।