आजको राशिफल: २०८१ जेठ ५ गते साेमबार
वि.सं.२०८२ जेठ ५ सोमवार ०८:५१
shares

आजको राशिफल बि.सं २०८२ जेठ ५ गते साेमबार, ई.सं २०२५ मे १९, नेपाल सम्बत ११४५ बछलाग सप्तमी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, जेष्ठ शुक्ल सप्तमी, चन्द्रमा कर्कट राशीमा, सुर्य बृष राशीमा, करणः भद्रा, योगः ब्रम्हा। आज नेपालमा सूर्योदय बिहान ०५ः१४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४६ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०८ मिनेट देखि ८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक सहभागिता हुनेछ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोजमूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसङ्ग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधि विधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अँगाल्नेहरूले धन आर्जन गर्न सक्नेछन् । सबै जना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । सेयर बजार तथा वित्तीय बजारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहौलमा फिल्म हेर्न तथा मनोरञ्जनमा समय व्यतीत गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मावली पक्षको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम उच्च स्थानमा आउनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मन परेको मानिसबाट विलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । अध्ययनमा प्रशस्त समय दिए पनि नतिजा कमजोर आउनेछ । तर पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यम बाट धेरै कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार, उद्योग वा सेयरबजारको लगानी फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
















