काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध र समुद्री मार्गमा आक्रमणका कारण विश्व बजारमा कच्चा तेलको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

मध्यपूर्व तनावपछि आईईएको ठूलो कदम: ४० करोड ब्यारेल तेल बजारमा पठाइँदै

होर्मुज जलडमरूमध्यमा आक्रमणपछि आपूर्ति संकट, अमेरिकाबाट मात्र १७ करोड २० लाख ब्यारेल तेल आपतकालीन भण्डारबाट निकालिने

598
shares

काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध र समुद्री मार्गमा आक्रमणका कारण विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित भएपछि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ।

आईईएका ३२ सदस्य देशले सर्वसम्मत निर्णय गर्दै आपूर्ति संकट कम गर्न यस्तो कदम चालिएको बताइएको छ। यस योजनामा अमेरिकाले सबैभन्दा ठूलो योगदान गर्दै १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने भएको छ।अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ एसपीआरबाट तेल निकासी आगामी सातादेखि सुरु हुने र करिब १२० दिनभित्र बजारमा पठाइने अमेरिकी ऊर्जा विभागले जनाएको छ। हाल एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण छ भने यसको कुल क्षमता ७० करोड ब्यारेल रहेको छ।आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले विश्व तेल बजारले अहिले अभूतपूर्व चुनौती सामना गरिरहेको भन्दै संयुक्त निर्णयलाई सकारात्मक कदम बताएका छन्। एजेन्सीका सदस्य देशसँग १ अर्ब २० करोड ब्यारेल आपतकालीन तेल भण्डार रहेको छ भने उद्योग क्षेत्रमा थप ६० करोड ब्यारेल भण्डारण रहेको बताइएको छ।

 इन्धन संकटको मुख्य कारण मध्यपूर्वको महत्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेटमा भएका आक्रमण हुन्। करिब ३३ किलोमिटर चौडाइ भएको यो मार्गमा जहाज चल्न मिल्ने बाटो ११ किलोमिटर मात्र भएकाले यसलाई अत्यन्त संवेदनशील मार्ग मानिन्छ। पछिल्लो ७२ घण्टामा दुई वटा मात्र अन्तर्राष्ट्रिय ट्यांकर यो मार्ग पार गर्न सकेका छन्।

यसैबीच भारतको गुजराततर्फ आउँदै गरेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री क्षेत्रमा अज्ञात प्रोजेक्टाइल ठोक्किएपछि आगलागीमा परेको छ। यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री सुरक्षामा चिन्ता बढाएको छ।मध्यपूर्व संकटको असर अहिले एसियाका धेरै देशमा देखिएको छ। बङ्गलादेशमा पेट्रोल पम्पमा लामो लाइन तोडफोड र झडपका घटना भएका छन् भने सरकारले तेल डिपोको सुरक्षाका लागि सेना तैनाथ गरेको छ। झेनैदाह जिल्लामा इन्धन विवादमा २५ वर्षीय युवकको मृत्यु भएपछि तनाव थप बढेको छ। सरकारले इन्धन रासनिङ लागू तथा विद्यालय बन्द र सार्वजनिक कार्यक्रमका प्रकाश प्रदर्शन रोक्ने निर्णय गरेको छ।म्यान्मारमा इन्धन बचत गर्न एक दिन आधा निजी सवारी मात्र चल्न दिने नियम लागू गरिएको छ भने भियतनाममा पेट्रोलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ। यस्तै असर फिलिपिन्स,पाकिस्तान र श्रीलङ्कामा पनि देखिएको छ । मध्यपूर्वको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेकोछ जुनकि सन् २०२२ को रुस–युक्रेन युद्धपछिको उच्च स्तर हो। इरानले खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण बढाएपछि विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने होर्मुजजलडमरूमध्य प्रभावित भएको छ।यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीचको तनाव छिट्टै कम हुन सक्ने संकेत गरेपछि आउदा दिनमा तेल मूल्यमा केही गिरावटह हुनेसंभावना देखिएको छ।