१६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाको वर्चस्व कायम
रास्वपाले १२४ सिट जित्दा कांग्रेस १७ मा सीमित, एमाले ८ र नेकपा ७ स्थानमा विजयी
वि.सं.२०८२ फागुन २५ सोमवार ०९:३४
shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्यधिक बहुमतसहित स्पष्ट अग्रता कायम गरेको छ।
निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार रास्वपाले हालसम्म १२४ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ सिट जितेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ८ स्थानमा विजय हासिल गरेको छ।त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७ सिट जित्दा श्रम संस्कृति पार्टीले ३ स्थानमा सफलता हात पारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले एक/एक निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन्।
देशभरका अधिकांश स्थानको मतगणना सकिएसँगै अब बाँकी केही निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। हालसम्मको परिणामले प्रतिनिधि सभामा रास्वपाको स्पष्ट वर्चस्व देखिएको छ।निर्वाचन परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको बहससमेत तीव्र बन्न थालेको छ।


















