५४ हजारभन्दा बढी मतसहित रवि लामिछाने विजयी, आफ्नै अघिल्लो रेकर्ड तोडे
५४ हजार ४०२ मत प्राप्त गर्दै प्रभावशाली जित, यसअघि पाएको मतसंख्यालाई समेत उछिने
वि.सं.२०८२ फागुन २३ शनिवार ०८:५४
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५४ हजार ४०२ मतसहित विजयी भएका छन्।
यस विजयसँगै लामिछानेले आफ्नै अघिल्ला सबै मत रेकर्डसमेत तोडेका छन्। अघिल्ला निर्वाचनमा प्राप्त गरेको मतसंख्याभन्दा यसपटक उल्लेख्य रूपमा बढी मत ल्याउँदै उनले प्रभावशाली जीत दर्ता गरेका हुन्।मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै लामिछानेको जित औपचारिक रूपमा सुनिश्चित भएको हो। निर्वाचन क्षेत्रमा उनले सुरुदेखि नै स्पष्ट अग्रता कायम राखेका थिए।यस परिणामलाई विश्लेषकहरूले नयाँ राजनीतिक शक्तिप्रति मतदाताको बढ्दो विश्वासका रूपमा समेत व्याख्या गरेका छन्।


















