रास्वपाको प्रभावशाली प्रदर्शन : २० सिट जित्दै ९७ स्थानमा अग्रता
२८क्षेत्रको अन्तिम परिणाम सार्वजनिक, कांग्रेस ५, नेकपा २ र एमाले १ सिटमा विजयी
वि.सं.२०८२ फागुन २३ शनिवार ०८:३८
shares
फाइल तस्वीर
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म २८ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गर्दै २० स्थानमा विजय हासिल गरेको छ।
निर्वाचनको प्रारम्भिक नतिजाले रास्वपालाई प्रमुख शक्तिका रूपमा उभ्याएको देखिएको छ। नेपाली कांग्रेसले हालसम्म ५ स्थानमा जित निकालेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २ र नेकपा एमालेले १ स्थानमा विजय हासिल गरेका छन्।
देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये अधिकांश स्थानमा मतगणना जारी रहेको छ। हालको गणनाअनुसार रास्वपा ९७ निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको छ। यस्तै नेपाली कांग्रेस ९, नेपाली कम्युनिष्ट पार्टी १० तथा नेकपा एमाले १३ क्षेत्रमा अगाडि रहेका छन्।
निर्वाचन आयोगका अनुसार मतगणना कार्य निरन्तर जारी रहेको र क्रमशः अन्य क्षेत्रहरूको अन्तिम नतिजा सार्वजनिक हुँदै जानेछ। प्रारम्भिक परिणामले नयाँ राजनीतिक समीकरणको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।


















