काठमाडौं । आज वि.सं. २०८२ साल कार्तिक १५ गते, शनिवारका दिन कार्तिक शुक्लपक्ष एकादशी...

पुरा पढ्नुहाेस्

तिहारको तेस्रो दिनः आज लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन

2.15K
shares

काठमाडौँ । पाँच दिन लामो यमपञ्चक अर्थात् तिहार पर्वको तेस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना तथा कुकुरको पूजा गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदैछ। आज एकैदिन नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा र दीपावली परेको छ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्  भन्ने जनविश्वासका आधारमा आज बिहानैदेखि घर आँगन सफा गरेर माटो र गोबरले लिपपोत गरी देवी लक्ष्मीलाई आमन्त्रण गरिन्छ। घरका झ्यालढोका, भुइँ, कौसी, अटारी, सङ्घार र चोटासम्म दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ।

कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि भनिन्छ। आज साँझ आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातो माटाले बाटो बनाई, चामलको पीठो र अबिरले लक्ष्मीका पाइलाहरू कोरिन्छन्। त्यो बाटोमै दीप प्रज्वलन गरेर लक्ष्मीलाई घरमा प्रवेश गर्ने बाटो देखाइन्छ। पूजा कोठामा दियो, कलश, गणेश र लक्ष्मी स्थापना गरी गहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक पूजा गरिन्छ।

पूजापछि कन्या केटीहरूलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने र दक्षिणा दिने चलन छ। लक्ष्मीपूजाको रातमा नारीहरूले नाङ्लो ठटाउँदै “अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्” भन्दै कामना गर्ने परम्परा छ। यो विधिले घरमा सुख–समृद्धि र सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिन्छ।

आजको दिन एकै दिन कुकुर तिहार पनिपरेकोले कुकुरको पुजा पनि गरिन्छ । वैदिक सनातन परम्पराअनुसार कुकुरलाई यमराजको दूत र बफादार जीव मानिन्छ। मानव सभ्यताको प्रारम्भदेखि नै कुकुरलाई निष्ठा र सुरक्षाको