काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम मत...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

उत्तरखण्डमा हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु

1.48K
shares

काठमाडौँ । भारतको उत्तरखण्डस्थित गौरीकुण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त हुदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा पाइलटसहित २ बर्षिय बालकसहित ७ जना रहेको उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले जानकारी दिएको छ ।हेलिकप्टर केदारनाथ मन्दिरबाट भक्तजन बोकेर गौरीकुण्ड उडेको थियो । प्रारम्भिक जानकारीमा दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ। हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । प्राधिकरणका अनुसार हेलिकप्टरमा उत्तर प्रदेश-महाराष्ट्रबाट २-२ जना र उत्तराखण्ड, राजस्थान, गुजरातबाट १-१ जना यात्रु थिए ।