प्रधानमन्त्री आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

0
8

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १ः३० बजे थाइ एयरलाइन्सबाट थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् ।प्रतिनिधिसभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।

चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा  ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण भएको बताएका हुन ।सो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहनेछन ।

प्रधानमन्त्री ओलीसँगै २६ जना उद्योगी व्यवसायी थाइल्याण्ड भ्रमणमा निस्कने तालिका छ। प्रधानमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु र विभिन्न उद्योगीहरु व्यवसायी सहभागी हुने जनाएको छ।

जसमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष ज्वोत्सना श्रेष्ठ, चेम्बर अफ कमर्शबाट अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्ष अर्जुन शर्मा र अन्तर्राष्ट्रिय चेम्बरको तर्फबाट राजेशकाजी श्रेष्ठ सहभागी हुने छन्।

उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल र केही पदाधिकारी सहभागी हुने जनाएको छ। यस्तै गोल्याण ग्रुपका अध्यक्ष पवन गोल्याण, गोर्खा ब्रुअरीका सुरेन्द्र सिलवालसहित प्रतिष्ठित उद्योगी व्यवसायीको सहभागिता रहने छ। भ्रमणको क्रममा व्यवसायीहरुले दुई पक्षीय विभिन्न सम्झौताहरु गर्ने उल्लेख गरिएको छ।

भ्रमणको तयारीका क्रममा परराष्ट्र मन्त्रालयका दुई अधिकारी यसअघि नै बैंकक जानुभएको छ भने थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसहित दूतावासका चार अधिकारी नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी भ्रमण दलमा सामेल हुनेछन् ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।  साथै, थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए । प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने छन । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने जनाइएको छ । सन् १९९७ जुन ६ मा स्थापना भएको बिम्स्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here