आजको राशिफल २०८१ साल चैत्र १२ गते, मंगलबार । ई.सं.२०२५ मार्च २५ तारिख ।

0
3

श्री गणेशाय नमः
आज २०८१ साल चैत्र १२ गते,  मंगलबार । ईश्वी सन् २०२५ मार्च २५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–एकादशी, ४४ घडी ४६ पला, बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–श्रवण, ४६ घडी ३ पला, रातको १२ बजेर ३० मिनेट उप्रान्त धनिष्ठा । योग–शिव, १३ घडी ५७ पला, बिहान ११ बजेर ३९ मिनेट उप्रान्त सिद्ध । करण–बव, दिउँसो १२ बजेर २६ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १७ मिनेट । दिनमान ३० घडी ३१ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासको साथ अगाडि बढ्दा सफलता मिल्नेछ। कार्यक्षेत्रमा समयअनुसार आफूलाई ढाल्ने प्रयास गर्नुहोस्। अधिकारी वर्गबाट आश्वासन पाइनेछ। शुभ रंग: नीलो, शुभ अंक: २।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिवार र आफन्तको सहयोगले अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। शुभ रंग: रातो, शुभ अंक: १।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तसँगको विश्वासले घाटा पुर्‍याउन सक्छ, सतर्क रहनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। प्रेम जीवन सुमधुर रहनेछ। शुभ रंग: सेतो, शुभ अंक: ४।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा समस्या आउन सक्छ, सावधानी अपनाउनुहोस्। साथीबाट दुःख पाउन सकिन्छ। ठूला लगानी नगर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवादको जोखिम छ। शुभ रंग: पहेँलो, शुभ अंक: २।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शिक्षा र विदेशमा लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवामा अवसर मिल्नेछ। शुभ रंग: हल्का पहेँलो, शुभ अंक: ६।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतको फल प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ। परिवारसँगको सम्बन्ध बलियो हुनेछ। शुभ रंग: हरियो, शुभ अंक: ४।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) जमिन कारोबारबाट उत्साह मिल्नेछ। प्रतिस्पर्धीहरू शान्त हुनेछन्। प्रेम जीवन सुमधुर रहनेछ। शुभ रंग: सेतो, शुभ अंक: ७।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ। समाजसेवामा अवसर मिल्नेछ। शुभ रंग: रातो, शुभ अंक: ३।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धेरै अवसरहरू प्राप्त हुनेछन्। शेयरमा लाभ हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध बलियो हुनेछ। शुभ रंग: खैरो, शुभ अंक: ७।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक कार्यमा सफलता मिल्नेछ। नयाँ कामको शुभ समय छ। परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। विद्यार्थीको पढाइमा ध्यान जान्छ। शुभ रंग: नीलो, शुभ अंक: ५।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

झुटो आरोपको सामना गर्न सकिन्छ, सतर्क रहनुहोस्। विदेशमा लगानीबाट सन्तुष्टि मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। शुभ रंग: केसरी, शुभ अंक: ६।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोल्नु अघि सोच्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुने योग छ। शुभ रंग: नीलो, शुभ अंक: ९।

विशेष: आज चैत्र कृष्णपक्ष एकादशी तिथि परेको छ, जसलाई हिन्दू धर्ममा विशेष महत्व दिइन्छ। यस दिन व्रत बस्दा पुण्य प्राप्ति हुने विश्वास छ।

नोट: राशिफल सामान्य फलादेश हो। व्यक्तिगत फलादेशका लागि जन्म कुण्डलीको अध्ययन आवश्यक हुन्छ।

दिन शुभ रहोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here