काठमाडौं । आज वि.सं. २०८२ साल कार्तिक १५ गते, शनिवारका दिन कार्तिक शुक्लपक्ष एकादशी...

पुरा पढ्नुहाेस्

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १५ गते शनिवार

663
shares

आजको पञ्चङ्गः आज वि.सं. २०८२ साल कार्तिक १५ गते, शनिवार, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन तथा शरद् ऋतु चलिरहेको छ। आज कलिगत ५१२६, शाके १९४७, नेपाल संवत् ११४६, किरातवर्ष ५०८५ र मञ्जुश्री वर्ष २८६१ हुँदै हिजरी संवत् १४४७ चलिरहेको छ।

आज  काठमाडौंमा सूर्योदय बिहान ६:१५ बजे र सूर्यास्त साँझ ५:१८ बजे, पोखरामा सूर्योदय बिहान ६:२२ बजे र सूर्यास्त साँझ ५:२३ बजे,इटहरी, सुनसरीमा सूर्योदय बिहान ६:०६ बजे र सूर्यास्त साँझ ५:१२ बजे तथा कञ्चनपुरमा सूर्योदय बिहान ६:३७ बजे र सूर्यास्त साँझ ५:३७ बजे हुनेछ।

चन्द्रोदय दिउँसो १:४१ बजे र चन्द्रास्त मध्यरात्रीपछि १:४९ बजे हुनेछ। चन्द्रमा आज सम्पूर्ण दिन कुम्भ राशिमा रहनेछ।

आज कार्तिक शुक्लपक्ष (कछलाथ्व) एकादशी तिथि मध्यरात्रीपछि २:५६ बजेसम्म रहनेछ, त्यसपछि द्वादशी तिथि लाग्नेछ। शतभिषा नक्षत्र दिउँसो २:४५ बजेसम्म रहनेछ र त्यसपछि पूर्वाभाद्रा नक्षत्र प्रारम्भ हुनेछ। ध्रुव योग मध्यरात्रीपूर्व ११:५२ बजेसम्म रहनेछ, त्यसपछि व्याघात योग लाग्नेछ।

सुरुमा वणिज करण दिउँसो ३:३३ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि २:५६ बजेसम्म र अन्तिममा बब करण रहनेछ। भद्राको वास पृथ्वीतल अर्थात् भूमिलोकमा रहेको छ।

आजको आनन्दादि योग “आनन्द” रहेको छ। चन्द्रवर्ण कालो, चन्द्रदिशा पश्चिम, योगिनीदिशा आग्नेय र वारशूल पूर्व दिशामा रहेको छ। नक्षत्रशूल दक्षिण दिशामा रहेको छ।

धनिष्ठा पञ्चक (सरुन) आज पनि जारी छ। वाणपञ्चकमध्ये आज “चोर वाण” परेको छ, जसको प्रभाव बिहान ४:३५ बजेदेखि भोलि बिहान ४:३२ बजेसम्म रहनेछ। कालराहु चक्रमा कालको दिशा पूर्व र पाशको दिशा पश्चिम रहेको छ।

आजका विशेष पर्व तथा व्रतहरूमा श्री हरिबोधिनी एकादशी, तुलसी विवाह, भीष्मपञ्चक प्रारम्भ, बराहक्षेत्रमा धार्मिक मेला र स्नानादि प्रारम्भ, खोटाङ्ग बराहपोखरी मेला, मकवानपुर भैंसेस्थित त्रिखण्डेश्वर महादेव मेला, र पनौती लङ्केश्वर मेला रहेका छन्।

आज मध्यरात्रीपछि २:५६ बजेबाट त्रिपुष्कर योग प्रारम्भ हुनेछ। यस दिन विष्णुत्रिरात्र व्रतसमाप्ति पनि हुने भएकाले वैष्णव सम्प्रदायका भक्तहरूका लागि आजको दिन अत्यन्तै पवित्र तथा शुभ मानिएको छ।

आजको राशिफलः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आफूभन्दा ठूला प्रति आत्मीय भाव बढ्नेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा तारिफ योग्य कार्यको चर्चा हुनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा आफ्नो कामले अधिकारीहरूलाई प्रभाव छोड्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। आध्यात्मिक क्षेत्रतिर मन जानेछ। शिक्षाको क्षेत्र फराकिलो रहनेछ। अरुको सहयोगमा पनि जुट्नुपर्ने अवस्था देखिएको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग नमिल्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुहोस्। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापार बाट लाभ मिल्नेछ। नयाँ अवसरको लाभ उठाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा प्रभावशाली ढंगले कुरा राख्न नसकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। प्रयोगात्मक परीक्षाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ। महत्वपूर्ण कार्यमा इष्टमित्रहरूको साथ र सहयोग पाइनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेका कार्यमा सफलता मिल्नेछ। नोकरीलाई लिएर उच्च पदाधिकारीहरूसँग सम्पर्क बढ्नेछ। नयाँ कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। मादक पदार्थको सेवनबाट टाढा रहनुहोस्। फजुल खर्चले आर्थिक पक्ष कमजोर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यापार व्यवसायमा अड्किएको रकम उठ्नेछ। सानो प्रयासले पनि अप्ठ्यारा कार्य सिद्धि गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नँया अवसरको लागि दौडधुप गर्नुपर्ला। अध्यात्मतर्फ झुकाव बढ्नेछ। रोजगारको लागि नयाँ अवसर मिल्नेछ। शिक्षाको क्षेत्र फराकिलो हुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।