आजको राशिफल, २०८२ कार्तिक १३ गते बिहीवार ई. सं. २०२५ अक्टोबर ३० तारिख
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १०:२८
shares

आजको पञ्चाङ्गः वि.सं. २०८२ साल कार्तिक १३ गते, बिहीवार, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन तथा शरद् ऋतु चलिरहेको छ। आज कलिगत ५१२६, शाके १९४७, नेपाल संवत् ११४६, किरातवर्ष ५०८५ र मञ्जुश्री वर्ष २८६१ वर्ष हुँदै हिजरी संवत् १४४७ चलिरहेको छ।
आज काठमाडौंमा सूर्योदय बिहान ६:१४ बजे र सूर्यास्त साँझ ५:२० बजे, पोखरामा सूर्योदय बिहान ६:२० बजे र सूर्यास्त साँझ ५:२५ बजे हुनेछ। इटहरी, सुनसरीमा सूर्योदय बिहान ६:०५ बजे र सूर्यास्त साँझ ५:१३ बजे तथा कञ्चनपुरमा सूर्योदय बिहान ६:३६ बजे र सूर्यास्त साँझ ५:३८ बजे हुनेछ।
चन्द्रोदय दिउँसो १२:११ बजे र चन्द्रास्त राति ११:०० बजे हुनेछ। चन्द्रमा आज मकर राशिमा रहि मध्यरात्रीपछि २:५२ बजेपछि कुम्भ राशिमा प्रवेश गर्नेछ।
आज कार्तिक शुक्लपक्ष (कछलाथ्व) नवमी तिथि भोलि बिहान ४:४१ बजेसम्म रहनेछ, त्यसपछि दशमी तिथि लाग्नेछ। श्रवण नक्षत्र दिउँसो २:४१ बजेसम्म रहनेछ र त्यसपछि धनिष्ठा नक्षत्र प्रारम्भ हुनेछ। गण्ड योग भोलि बिहान ३:३३ बजेसम्म रहनेछ, त्यसपछि बृद्धि योग प्रारम्भ हुनेछ।
सुरुमा बालब करण साँझ ४:४९ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ४:४१ बजेसम्म र त्यसपछि तैतिल करण रहनेछ। आजको आनन्दादि योग ध्वज, चन्द्रवर्ण कालो, चन्द्रदिशा दक्षिण, योगिनीदिशा पूर्व र वारशूल दक्षिण दिशामा रहेको छ।
आजदेखि धनिष्ठा पञ्चक (सरुन) प्रारम्भ मध्यरात्रीपछि २:५२ बजेबाट हुनेछ। वाणपञ्चकमध्ये आज नृप (राज) वाण परेको छ, जसको प्रभाव बिहान ४:४४ बजेदेखि भोलि बिहान ४:४० बजेसम्म रहनेछ। कालराहु चक्रमा कालको दिशा दक्षिण र पाशको दिशा उत्तर रहेको छ।
आजका विशेष पर्व एवं व्रतहरूमा कूष्माण्ड नवमी (कुभिण्डोभित्र रत्न, द्रव्यादि लुकाएर दान गर्ने दिन), अक्षय नवमी, अमला पूजन (अमलाको बोटमुनि भोजन गर्ने दिन), सत्ययुगादि प्रारम्भ दिवस, साथै हेटौंडास्थित कूष्माण्ड सरोवर मेला, साँखु चाँगु मेला तथा विष्णु त्रिरात्र व्रत प्रारम्भ रहेका छन्।
आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) तथा शिववास (रुद्रीपूजा/रुद्राभिषेक) का लागि शुभ मानिएको छ।
राशिफलः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लगनशीलताको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक वाद विवाद सुल्झिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा एकाग्रता बनाएर राख्नुहोस्। प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। राजकीय वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक विवादहरू आपसी मध्यस्थाले सुल्झिनेछ। आध्यात्मिक ज्ञानको लागि समय अनुकूल रहेको छ। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। वरिष्ठ व्यक्तिहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाहरूबाट लाभ लिन सकिएला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ। परोपकार र समाजसेवामा मन लाग्नेछ। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्धमा मजबुती आउनेछ। जग्गा जमिनबाट राम्रो लाभ मिल्नेछ। इष्टमित्रहरूबाट सहयोग पाइएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक मामलाहरू सुल्झाउनको लागि आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) खर्चमा नियन्त्रण राख्नुहोला। आफन्तहरू मध्य मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। खेल जगतमा हजुरको चर्चा हुनेछ। राज्यपक्षबाट लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उच्च अधिकारीहरुलाई कामबाट प्रभावित पार्न सकिनेछ। नोकरी वा पेशामा पदोन्नतिका योग छन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। मानसम्मानमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ लगानी लगाउनुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। सरकारी कार्यमा समय लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। साहित्य वा लेखन कलामा सुधार आउनेछ। कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।







