हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

0
5

काठमाडौँ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयले विदेशी विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत पाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने हार्वर्डको योग्यता समाप्त गर्ने निर्णय गरेका थिए, जसलाई संघीय अदालतले रोक लगाएको छ ।

यस मुद्दामा बिहीबार सुनुवाइ भएको थियो, जसमा अदालतले आफ्नो फैसला सुनाउँदै विश्वविद्यालयले तत्कालका लागि विद्यार्थीहरू भर्ना गर्न जारी राख्न सक्ने बताएको थियो ।हार्वर्डले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न अनुमति नदिएमा यसले विश्वविद्यालयका लगभग २५ प्रतिशत विद्यार्थीहरूलाई असर गर्ने बताएको थियो ।विश्वविद्यालयका वकिलहरूले अदालतलाई यो निर्णय अचानक र कुनै कानुनी प्रक्रिया बिना नै गरिएको र नियम अनुसार विभागले कारण दिनु र ३० दिनको समय दिनु आवश्यक रहेको जिकिर गरेका थिए ।

ट्रम्प प्रशासनले हार्वर्डलाई क्याम्पसमा यहूदी विरोधी भावनालाई बढावा दिने र चीनको कम्युनिष्ट पार्टीसँग सहकार्य गर्ने आरोप लगाएको थियो ।विश्वविद्यालयले विद्यार्थीहरूको विचारधारालाई उक्साउने वातावरण सिर्जना गरेको पनि आरोप लगाउदै विदेशी विद्यार्थीको भिसा प्रक्रियानै तत्कालका लागि रोक लगाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here