
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा सुमनाको राजीनामा स्विकृत भएको जानकारी गराईएको हो । श्रेष्ठले दिएको राजीनामा यही जेठ ९ गते नै स्वीकृत भएको बैठकमा जानकारी दिइएको थियो । प्रतिनिधिसभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा अहिले विधायकी भूमिकामा समय दिने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1