संसद्लाई विवाद होइन, सहकार्यको थलो बनाऔं : सभामुख घिमिरे

0
3

काठमाडौँ । संसद् दिवस २०८२ को अवसरमा सभामुख देवराज घिमिरेले सबै राजनीतिक दललाई संवाद र सहकार्यमार्फत दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न आग्रह गरेका छन्। सोमबार शुभकामना सन्देश दिँदै उनले लोकतन्त्र, संविधानवाद, जनताको अधिकार र जनप्रतिनिधिको उत्तरदायित्वप्रति प्रतिबद्ध रहनु सबैको साझा जिम्मेवारी रहेको बताए।सभामुख घिमिरेले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आभार प्रकट गरे। उनले भने, संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था हो। लोकतन्त्रको मूल आत्मा नै जनताको सक्रिय सहभागितामा निहित छ।

नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष असार १६ गते संसद् दिवस मनाइन्छ। सभामुख घिमिरेले यो दिवस लोकतान्त्रिक आन्दोलनमा योगदान दिने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिक योद्धाको योगदानको पनि स्मरण गरे। उनले सन्देशमा लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म संवाद, सहकार्य र सहमति भएको उल्लेख गर्दै भने, विचार, दृष्टिकोण र प्राथमिकता फरक भए पनि साझा राष्ट्रिय सरोकारका विषयमा दलहरूबीच सहमति अपरिहार्य छ। संसद् वादविवाद होइन, संवादको थलो बन्नुपर्छ।सभामुख घिमिरेले शासन व्यवस्थामा नीति निर्माण, कानुन निर्माण र कार्यान्वयनको प्रभावकारी निगरानी संसद्मार्फत हुने बताए। साथै, कर नलगाउने वा जनताका पक्षमा नीति तय गर्ने काम संसद्लाई केन्द्रमा राखेर मात्र सम्भव हुने स्मरण गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here