संसदको बैठकबाट बाहिरियो राप्रपा

0
2

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदको बैठक बहिष्कार गरेको छ । आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसदहरु बाहिरिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा नाराबाजी गरिरहेको बेला सभामुखले बैठक अगाडी बढाएपछि राप्रपा बैठकबाट बाहिरिएको हो । यस अघि आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको आरोप लगाएका थिए । उनले रास्वपाको नाराबाजीका बीच संसद अगाडी बढाउन नहुने बताउदै  गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेको बताएका थिए । अहिले प्रतिनिधि सभाम बजेटमाथिको छलफल शुरु गरिएको छ भने रास्वपाका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here