काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलेरिया नगरपालिका वडा नं ५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरियाकी आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । जनमतकै नेतृ आशाकुमारीसँग सुमनले २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको चौहानले दिएको उजुरीमा उल्लेख छ । रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो । आशा र सुमन दुवै जना जनमत पार्टीका हुन् । पार्टीमै दुवै जनाबिच चिनजान भएको हो । पर्सामा आयोजना भएको कार्यक्रममा आएको वेला आशा र सुमनबिच घनिष्ठ बनेका थिए ।
लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पर्सा अदालतबाट पक्राउ पुर्जी जारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1