रास्वपाको विरोधका बीच प्रतिनिधि सभाको बैठक बस्दै

0
1

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे बस्ने तालिका रहेको छ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका दल सहमतिमा आएपनि रास्वपा आफ्नो अडानमा कायम रहेका कारण आजको बैठक पनि सहज रुपमा संचालन हुने अन्योलता रहेको छ  । यसअघि शुक्रबारको बैठक  रास्वपाका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेको अवस्थामा संचालन गरिएको थियो । रास्वपाले आफ्नो विरोध जारी राख्ने बताएको छ भने माओवादीसँग सम्झौता भएपछि सत्ता पक्षले अब संसद नाराबाजीका बीचमै चलाउने संकेत दिएको छ । आजको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि छलफल गर्ने एजेण्डा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here