राष्ट्रपतिद्वारा बैशाख १२ गतेका लागि संसद अधिवेशन आह्वान ।

0
1

काठमाडौं, ३ बैशाख ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आब्हान गरेका छन्। २०८१ साल बैशाख १२ गतेका लागि संसद अधिवेशन आह्वान गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा सार्वजनिक सूचनामा उल्लेख गरिएअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुवै सदनको  अधिवेशन आह्वान गरिएको हो। यो अधिवेशन नियमित अधिवेशनको रुपमा भइरहेको हो, जसमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिने, विभिन्न विधेयकहरूमाथि छलफल गरिने, र आवश्यक निर्णयहरू लिइने अपेक्षा गरिएको छ। यस अधिवेशनमा बजेटअघि सरकारको तयारी, दलहरूबीचको सहकार्य र सम्भावित राजनीतिक घम्साघम्सी समेत देखिन सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here