यहूदीहरूप्रति कुनै दया देखाउने छैनौं- खामेनी

0
2

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायललाई कडा जवाफ दिने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै खामेनीले इजरायललाई कडा जवाफ दिने उल्लेख गर्दै यहुदीहरूमाथि कुनै दया नदेखाउने उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘हामीले आतंकवादी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौं ।’यो घोषणा पछि, इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना शर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए । साथै उनले इरानका सर्वोच्च नेता कहाँ छन् भन्ने आफुहरुलाई जानकारी रहेको बताउदै अहिले नै उनलाई नमार्ने उल्लेख गरेका थिए ।गत शुक्रबारदेखि शुरु भएको यस युद्धमा इरानमा दर्जनौं शिर्ष सैन्य अधिकारीसहित साढे २ सय भन्दा बढीको ज्यान गएको छ ।

अमेरिका प्रत्यक्ष रुपमा अहिलेसम्म यस युद्ध सामेल नरहेपनि अब छिट्टै अमेरिका यो युद्धमा सामेल हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पले क्यानडाबाट फर्केपछि ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेका छन् र मध्य पूर्वमा थप लडाकु विमान पठाउने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here