भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल

0
4

काठमाडौं । भारतले पाकिस्तानमा मिसाइल हमला गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ। भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश आमने सामने भएपछि राष्ट्रसंघ बोलेको हो ।

भारतीय सैन्य कारबाहीहरूप्रति संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गरेको उनका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेसले बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् । दुजारिकले भनेका छन, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’ यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here