काठमाडौं, ४ बैशाख । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक -एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।
दान बहादुर कार्की, राजन अधिकारी र डा.मनोज कुमार केसी र २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा केसी पनि बढुवा सिफारिसमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1