प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

0
65

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रवार) सरकारी निवास बालुवाटार सर्दै छन्।

बिहान ९ : ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएपछि देउवा बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसिरहेका थिए।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटार छोडेर आफ्नै निजी निवास बालकोट गएपछि देउवा आज बालुवाटार सर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here