न्युजील्याण्डका विदेशमन्त्री पिटर्स आज नेपाल भ्रमणमा आउदै

0
1

काठमाडौँ । न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारीक भ्रमणमा आज आउदै छन् । परराष्ट्र मन्त्रालयले उपप्रधानमन्त्री पिटर्स दुई दिनको नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्ने जानकारी दिएको छ । भ्रमणको क्रममा, पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । त्यस्तै, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ ।न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको यो नेपालको पहिलो भ्रमण समेत हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here