गोदावरीमा बस दुर्घटना

0
30


अत्तरीया–गोदावरीमा बस दुर्घटना भएको छ। गोदावरी पुल नजिक पार्किङ गरेर राखेको लु २ ख ४९४० नम्बरको बस करिब ५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

बस चालक बुटवलका योगेश पुनले रोकीराखेको अवस्थामा पछाडीको चक्काको हावा निस्कदा बस तल खसेको जनाइएको छ। बुधबार बिहान सडक भन्दा तल खसेको बस माथी निकाल्ने प्रयास भइरहेको गोदावरीका असई लक्ष्मण कुवरले जानकारी दिए। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here