गृहमन्त्री लेखकद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण

0
9

काठमाडौं । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् ।

शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए ।समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उनले बताए । ‘परियोजना समयमै सम्पन्न गर्ने कुरामा जानू होला । हाम्रो तर्फबाट कुनै समस्य हुँदैन । स्थानीय र केन्द्रीय सरकारबाट कुनै कमी कमजोरी हुँदैनौं,’ गृहमन्त्री लेखकले भने ।

यस्तै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए । ‘भारतको सबैभन्दा ठूलो अनुदानको परियोजन हो । यो समयमै सम्पन्न हुन्छ  । यसको दूतावासले निरन्तरता निगरानी गरिरहेको छ । १०-११ महिनामा यो काम सम्पन्न गर्नुपर्छ । यो परियोजना समयमै सम्पन्न हुनु भारत र नेपालका लागि राम्रो हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here