गणतन्त्रको यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ- गगन थापा

0
4

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।गणतन्त्र दिवसको शुभकामना दिदै महामन्त्री थापाले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका हुन् ।उनले असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो रहेको बताउदै सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बन्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्- गणतन्त्र दिवसको शुभकामना ! जनआन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ ।

असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो छ । सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बनोस् । लोकतान्त्रिक मूल्य र जनआकांक्षाका पक्षमा हामी सबै एकजुट बनौं।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here