काठमाडौँ । खानेपानीमन्त्री प्रदिप यादवले बर्खायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौमा बितरण गरिने बताएका छन् । काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा निर्माण गरिएको खानेपानीको ट्यांकीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री यादवले मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौमा बितरण गरिने बताएका हुन् । सन् २०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा पुर्याएको क्षतिपछि बर्खायामको समयमा नियमित खानेपानी आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको थियो । बर्खायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरिएको छ ।
सोमबार रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा आजैदेखि छाडिएको मन्त्री यादवले जानकारी दिएका छन् । उनले भनेका छन्- ‘मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौमा बितरण गरिने बताएका काठमाडौँवासीलाई जानकारी दिन पाउदा म निकै खुशी र हर्सित भएको छु । काठमाडौ बासीलाई अब बाह्रै महिना मेलम्चीको पानी बितरण हुनेछ ।’