काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरले असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृतिदिने कार्य रोकिएको महानगरको सार्बजनिक निर्माण विभागले जानकारी दिएको छ । सूचनामा भनिएको छ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक / फुटपाथ खन्न स्वीकृति / सहमति दिने कार्य रोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1