करेन्ट लागेर मुगुमा १० खच्चर मरे,स्थानीयद्वारा क्षतिपूर्तिको माग ।

0
4

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा विद्युत सेवा चुहावट हुँदा १० वटा खच्चर करेन्ट लागेर मरेका छन्। जिल्ला सदरमुकाम गमगढीबाट सामान बोकेर मुगुम कार्मारोङ गाउँपालिकातर्फ जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट चुहावट भएको करेन्ट लागेको थियो।

खच्चर धनी तथा छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा यो घटना भएको गुनासो गरे। उनले भने, “पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ, हामीलाई थाहै भएन। एक्कासि १० खच्चर करेन्ट लागेर मरे, मलाई पनि करेन्ट लागेको थियो तर चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र लाग्यो, म बचें।” मल्लका अनुसार, एउटा खच्चरको मूल्य डेढ लाख रुपैयाँभन्दा बढी पर्छ। उनले प्राधिकरणसँग खच्चरको क्षतिपूर्ति माग गरेका छन्। मरेका खच्चरहरूमा छायानाथ–१ का कर्णबहादुर मल्लका चार, वडा नं १० का जग्गी बढुवालका तीन र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा रहेका छन्। गत शुक्रबार मात्र पनि वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो।नेपाल विद्युत् प्राधिकरण गमगाढी वितरण केन्द्रले वितरण गरेको विद्युत सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा स्थानीयले दिनहुँ सास्ती भोग्नुपरेको बढुवालले बताए।

केन्द्रका प्रमुख साजन ऐडीले वर्षात् र हुरीबतासका कारण विद्युत सेवा प्रभावित हुँदा समस्या भएको स्वीकार गरेका छन्। उनले नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिएका छन्। यो घटनाले ग्रामीण क्षेत्रमा विद्युत् पूर्वाधारको सुरक्षा र मर्मतसम्भारको आवश्यकतामाथि प्रश्न खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here