आजको राशिफल बि.सं २०८२ जेठ ६ गते साेमबार, ई.सं २०२५ मे २०, नेपाल सम्बत ११४५ बछलाग अष्टमी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, जेष्ठ शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशीमा, सुर्य बृष राशीमा, करणः बालब, योगः ऐन्द्र। आज नेपालमा सूर्योदय बिहान ०५ः१३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०९ मिनेट देखि ८ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्याक्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । वित्तीय बजारमा आज गरिने लगानीबाट आम्दानी हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ । यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने अरूकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाइ तथा आफन्त सँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यावसायमा समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाढिने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेको छ । व्यापार, शेयर बजार तथा उद्योगबाट भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खाद्यान्न तथा होटल रेस्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारको लगानीबाट आम्दानी बढाउन सकिनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बिद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग अनावश्यक विवाद हुन सक्छ ध्यान दिनुहोला ।