आजको राशिफल २०८२ असार १२ गते बिहिबार, २०२५ जुन २६ तारिख ।

0
3

आजको राशिफल बि.सं. २०८२ असार १२ गते बिहिबार ई.सं. २०२५ जुन २६ नेपाल सम्बत ११४५ दिल्लाथ्व पारू, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, ध्रव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

  • तिथि: आषाढ शुक्ल प्रतिपदा (पहिलो दिन) – अपराह्न १:२५ बजे सम्म, त्यसपछि शुक्ल द्वितीया प्रारम्भ 

  • विक्रम संवत्: २०८२

  • शक संवत्: १९४७ 

  • वार: बिहीबार (गुरुवार)

  • ऋतु: वर्षा ऋतु (आषाढ मसान्त) र सूर्य दक्षिणायणमा छ 

  • राहुकाल: १:३० pm – ३:०० pm 

  • हिजरी: जिल्हिजा २९, हिजरी १४४६ 


विस्तृृत पञ्चाङ्ग (हिन्दू ज्योतिष अनुसार, नेपालको लागि समय अनुसार)

(समयहरू स्थानीय अनुमान अनुसार फरक हुन सक्छन्)

घटक

विवरण

नक्षत्र

मृगशिरा (अर्द्रा) बिहानसम्म, त्यसपछि पुनर्वसु 

करण

बालव, कौलव आदि क्रमशः

योग

ध्रुव योग, अन्य शुभ/अशुभ योगहरू

सूर्योदय–सूर्यास्त

अनुमानित: ५:४७ बिहान – ७:१२ साँझ

चन्द्रोदय–चन्द्रास्त

बिहान ६:१५ बजे – साँझ ८:२९ बजे

इनाुuspicious काल

राहुकाल (१:३०–३:०० pm), यमगण्ड (सांझ/बिहान), गुलिक/दुर्मुहूर्त आदि

शुभ मुहूर्त

अभिजित मुहूर्त मध्याह्न करिब १२:०२–१२:५६ बजे

 

निष्कर्ष

आज, २६ जुन २०२५ (११ असार २०८२) को पञ्चाङ्ग अनुसार, विशेष ध्यान राख्नुपर्ने मुख्य समय:

  • शुभ समय: मध्याह्न अभिजित मुहूर्त

  • अशुभ समय: राहुकाल (१:३०–३ बजे), यमगण्ड, गुलिक, दुर्मुहूर्तहरू

  • मुख्य तथ्य: आषाढ शुक्ल प्रतिपदा तिथि, वर्षा ऋतु, सूर्य दक्षिणायणमा

  • आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार तथा शेयर बजारबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धन स्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन तथा सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तरपनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइ बिद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । सामूहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रूपमा अगाडी बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभ माङ्गलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरुका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इस्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here