आजको राशिफल: २०८२ असार ११ गते बुधबार , २०२५ जुन २५ तारिख ।

0
3

आजको राशिफल बि.सं. २०८२ असार ११ गते बुधबार ई.सं. २०२५ जुन २५ नेपाल सम्बत ११४५ बछलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण ‌औंसी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, गण्ड योग, चतुष्पद करण । 

आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ०९ मिनेट देखि ०६ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

विक्रम सम्वत्: २०८२ साल, आषाढ ११ गते,२५ जुन २०२५, बुधवार

आषाढ कृष्णपक्ष अमावस्या तिथि (दिउँसो ४:०२ बजेसम्म), त्यसपछि प्रतिप्रदा तिथि सुरु हुनेछ।

हिजरी सम्वत्: १४४६ साल, जिलहिज महिनाको २८ औं दिन

 काठमाडौँमा सूर्योदय : बिहान ०५ बजेर ११ मिनेट । सूर्यास्त  दिनमान ३४ घडी ३५ पला ।

सूर्यास्त: बेलुकी ७ बजेर १ मिनेट ।

नक्षत्र: बिहान १०:४१ बजेसम्म मृगशिरा नक्षत्र, त्यसपछि आर्द्रा नक्षत्र

योग: बिहान ६:०० बजेसम्म गण्ड योग, त्यसपछि वृद्धि योग

चन्द्रमा: पूरा दिन र रात मिथुन राशिमा रहनेछ

दिशा शूल: उत्तर तथा वायव्य दिशामा यात्रा गर्नु उचित हुँदैन

राहुकाल: दिउँसो १२:०० बजेदेखि १:३० बजेसम्म

पर्व तथा विशेष दिन: आषाढी अमावस्या

 

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दूरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण  सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी कुरामा आफन्त तथा कुटुम्बसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मनग्गे समय दिए पनि थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ । लगानीको लागी अध्ययनको जरुरी देखिन्छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । सेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्नुपर्ने समय रहेको छ । लामो दूरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार तथा पुँजी बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थी वर्गका लागी आजको दिन फलदायी रहनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी पद प्राप्त हुने योग रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट  मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयले साथ दिने हुदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदा नचाहँदै तपाईँको बोलिले अरूको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरू घट्न सक्छ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो नतिजा आउने छैन । मनमा एक किसिमको निराशापनको विकास हुने योग रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यापार र वित्तीय क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ति तथा विलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दूरीको यात्रा हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णयहरू आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्रस्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका  कामहरू सम्पादन हुनेछन् ।  अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्राको योग रहेको छ ।
  • कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन तथा अध्यापनमा मन नजाँदा महत्त्वपूर्ण उपलब्धिहरू गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग भए पनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामना गर्नुपर्नेछ ।  मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here